अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकमा रहेका थप सैनिक फिर्ता बोलाउने तयारी गरेका छन्।
राष्ट्रपति ट्रम्पले आगामी दुई महिनापछि आफ्ना सैनिक फिर्ता बोलाउन सैन्य अधिकारीलाई आदेश दिने तयारी गरेको अमेरिकी संचारमाध्यमले जनाएका छन्।
रक्षा मन्त्रालयका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा रहेका बाँकी सैनिक मध्येबाट केहीलाई फिर्ता ल्याउने तयारी गरेका छन्।
आउँदो जनवरीको मध्यसम्म अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या २५ सयमा सीमित गर्ने राष्ट्रपति ट्रम्पको तयारी छ।
हाल अफगानिस्तानमा झण्डै ५ हजार अमेरिकी सैनिक छन्। इराकमा रहेका ३ हजार सैनिकबाट घटाएर २५ सय बनाइने छ।
राष्ट्रपति ट्रम्पले यसअघि क्रिसमससम्म सबै सैनिक फिर्ता गर्ने बताउँदै आएका थिए।
हालै सम्पन्न निर्वाचनमा राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको शपथअघि नै सैनिक फिर्ताको प्रक्रिया पूरा गर्ने तयारीमा रक्षा मन्त्रालय रहेको अमेरिकी संचारमाध्यमले जनाएका छन्।
अमेरिकी नेतृत्वमा रहेको सेनाले सन् २००३ मा इराकमाथि आक्रमण गरेर राष्ट्रपति सद्दाम हुसेनको सत्ताच्यूत गराएको थियो।
अमेरिकी सेना सन् २००१ देखि अफगानिस्तानको सुरक्षामा खटिएको छ । लामो समयको युद्धपछि अमेरिकाले तालिवानी लडाकुहरुसँग शाीन्त सम्झौता गरेर युद्धविराम गरेको थियो।
तालिवानीसँगको युद्धविरामका क्रममा भएको सहमति कार्यान्वयनमा ल्याउन इराकबाट अमेरिकी सेना क्रमश फिर्ता हुन थालेको हो।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १० साउन ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा…





