नेकपामा विवाद बढेसँगै यान्छीको सकृयता बढ्यो


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




अघिल्लो पटक नेकपाको विवाद सल्टाउन भूमिका खेलेको भनेर आलोचना भएको चिनिया राजदुत होउ यान्छीको सकृयता बढेको छ । नेकपामा विवाद बढ्दै गर्दा चिनिया राजदुत यान्छीले मंगलबार राती प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेकी यान्छीले त्यहाँ करीब डेढ घण्टा विताएको बालुवाटार श्रोतले बताएको छ ।

यसअघी नेपालको आन्तरिक मामिलामा भारतले माईक्रो म्यानेजमेन्ट गर्दै आएको आरोप लाग्दै आएको थियो । तर नेकपाको दुई तिहाई सरकार आएपछि भने चिनिया पक्ष हावी हुने गरेको आरोप लाग्ने गरेको छ ।

पहिलेजस्तै अहिलेपनि नेकपा भित्रको विवाद मिलाउन चिनिया राजदुत यान्छीले सकृयता बढाएको हुनसक्ने विश्लेषण गरिएको छ । यद्वपी यसको पुष्टि हुन बाँकी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।