नेकपा सचिवालय बैठकसँग जुधाउँदै प्रधानमन्त्रीले बोलाए मन्त्री परिषदको बैठक


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकसँग जुधाउँदै नेपाल सरकार मन्त्री परिषदको बैठक बोलाएका छन् । नेकपा अध्यक्षसमेत रहेका ओलीले सचिवालयको पूर्व निर्धारित आज दिउँसो १ बजे बोलाइएको बैठककै समयमा मन्त्री परिषद बैठक आह्वान गरेका हुन् ।

मन्त्री परिषद बैठक आह्वानसँगै नेकपा सचिवालय बैठक अन्यौलमा परेको छ । किनकि नेकपाको सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा (बादल) रहेका छन् । त्यसैले सचिवालय बैठककै समयमा मन्त्री परिषद बैठक भएपछि प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरु सचिवालय बैठकमा जाने कि मन्त्री परिषदमा सहभागि हुने भन्ने समस्या उत्पन्न भएको छ ।

नेकपा अध्यक्षसमेत रहेका ओलीले मन्त्री परिषद बैठक सचिवालय बैठकसँग जुधाएपछि उनले बैठक छल्न खोजेको विश्लेषण गरिएको छ । ओली आजको बैठक सार्ने पक्षमा रहेका छन् । तर अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल समूह भने आजको बैठक बसाल्ने पक्षमा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।