प्रतिकात्मक तस्बीर
गण्डकी प्रदेशका ४ जिल्लामा बुधबार विहान ११ संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको कास्की, स्याङ्जा, म्याग्दी र तनहुँमा गरेर ११ जना संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो पटक कास्कीको पोखरा महानगरपालिकाका ४ जना संक्रमित भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर नखुलेको १ महिला र १ पुरुष तथा वडा नम्बर १७ मा १ महिला र वडा नम्बर २५ मा १ महिला संक्रमित भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।
त्यस्तै, स्याङ्जाको आँधिखोला गाउँपालिकाको वडा नम्बर नखुलेका २ महिला र १ पुरुष संक्रमित भएको जनाइएको छ ।
यसैगरी म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८ मा २ महिला र १ पुरुष संक्रमित भएका छन् ।
तनहुँको स्थानिय तह नखुलेका १ पुरुष संक्रमित भएको निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी बिहीबार असोज १५ गतेसम्म देशभर कतै पनि खासै वर्षाको सम्भावना नदेखिएको…







