पोखराका २४ सहित बुधबार दिउँसो गण्डकीमा थपिए २९ कोरोना संक्रमित


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पोखरामा २४ सहित गण्डकी प्रदेशमा २९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो पटक पोखरामा २४, स्याङ्जामा २ र तनहुँमा ३ सहित २९ जना कोरोना संक्रमित भएका हुन् । यसअघी विहान ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरामा रहेको नीजि ल्याव लाईफकेयर एण्ड डाइग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर ३ मा २ पुरुष र २ महिला गरि ४ जना, वडा नम्बर ४ मा १ पुरुष, वडा नम्बर ६ मा ३ महिला र ३ पुरुष, वडा नम्बर ८ मा २ पुरुष, वडा नम्बर ९ मा १ महिला र २ पुरुष, वडा नम्बर १२ मा १ पुरुष, वडा नम्बर १५ मा १ महिला, वडा नम्बर १७ र २७ मा १÷१ पुरुष र महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर ९, १०, ११ र वडा नम्बर नखुलेको वडामा १÷१ जना गरि ४ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।

पछिल्लो पटक स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर २ मा १ पुरुष र वडा नम्बर ८ मा १ पुरुष गरि २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ मा २ पुरुष र ब्यास नगरपालिका वडा नम्बर ६ मा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।