चर्चित मानुङमा युवक मृत फेला


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




सांकेतिक तस्विर

पछिल्लो पटक चर्चित मानुङमा एक अधवैंशे पुरुष मृत भेटिएका छन् । तनहुँ जिल्लाको पर्यटकीय केन्द्रका रुपमा परिचित मानुङमा ३५ वर्षिय अधवैंशे पुरुष मृत फेला परेका हुन् ।

मृतक तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ का सागर थापा रहेको तनहुँ प्रहरीले जनाएको छ । उनलाई बुधबार विहान मानुङ डाँडामा मृत भेटिएको थियो ।

साथीहरुसँग रमाईलो गर्न मानुङडाँडा पुगेका उनी विहान मृत फेला परेको तनहुँ प्रहरीले जनाएको छ । राती टेन्टमा बसेका उनी मृत भेटिएपछि तनहुँ प्रहरीले अनुसन्धान शुरु गरेको बताएको छ ।

मानुङ डाँडाबाट बादल तल देखिन्छ भने तनहुँ र पोखराका विभिन्न भागसमेत दृश्यावलोकन गर्न सकिन्छ । सो डाँडामा दैनिक हजारौं पर्यटक जान थालेपछि केहिदिन पहिले तनहुँ प्रशासनले दैनिक ३ सय भन्दा बढी जान रोक लगाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।