फाइल फोटो
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । दुई अध्यक्षबीच एजेण्डा र कार्यसूचीमा सहमति नभएसम्म बैठक नबोलाउने प्रधानमन्त्रीसमेत रहेका प्रचम अध्यक्ष केपी शर्मा ओलीको अडानका बीच स्थायी समिति बैठक मंसीर १८ गते बोलाउने निर्णय भएको हो ।
त्यस्तै, आज केहिबेर बसेर स्थगित सचिवालय बैठक भने मंसीर १३ गते बोलाइएको छ । र केन्द्रीय समिति बैठक मंसीर २५ गते बोलाउने नि र्णय भएको छ ।
यसअघी प्रधानमन्त्री ओलीले आजको बैठक टार्ने कोशिष गरेका थिए । उनले मन्त्री परिषदको बैठक नेकपा सचिवालयको बैठकसँग ठ्याक्कै जुध्नेगरी १ बजे नै बोलाएका थिए । तर विहान ओली एकाएक ब्याक हुँदै दिउँसो १ बजे बोलाइएको बैठक १ घण्टा पछि सारेर २ बजे पु¥याएका थिए ।
त्यस्तै, आफूलाई आरोपित गरेर कार्यकारी अध्यक्ष प्रचण्डले राखेको प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्न नदिने र जवाफ पनि नदिने अडानमा ओली थिए । तर उनी आज चिसै पानीले नुहाउँदै एक कदम पछि सरेर बैठकमा सहभागि भए ।
एक कदम पछि सरेसँगै ओली पक्ष रक्षात्मक बनेको विश्लेषण गरिएको छ । प्रचण्ड–माधव समूहसँग बहुमत पुग्दापनि ओलीले धम्क्याउँदै आफ्नो अडान कायम गर्दै आएका थिए । उनले आफूबिरुद्ध केहि निर्णय गरे पार्टी फुटाउने धम्की दिदै आएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





