प्रधानमन्त्री ओलीलाई हटाउनै पर्ने जसपा अध्यक्ष डा.भट्टराईको भनाई


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा।बाबुराम डा.भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै पर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसवुकमा बुधबार स्टाटस लेख्दै जसपा अध्यक्ष डा.भट्टराईले प्रधानमन्त्री ओलीलाई हटाउनुपर्ने बताएका हुन् ।

नेकपा भित्रैबाट ओलीलाई भ्रष्टाचार आरोप लिखित रुपमै लागिसकेकाले ओलीलाई हटाउनैपर्ने उनको भनाई छ । ओली सरकार असफलपनि भएको र भ्रष्टाचारपनि बढेकाले ओलीको विकल्प खोज्नुपर्नेमा उनले जोड दिएका हुन् ।

डा.भट्टराईले नेकपाको आन्तरिक झगडामा राष्ट्रपति र विदेशी कुटीनितिज्ञले हस्तक्षेप गर्न नमिल्नेपनि उनको भनाई छ । डा.भट्टराईले पार्टीगत कुरामा कसैलेपनि हस्तक्षेप गर्न नमिल्ने र पार्टीभित्रैबाट ओली सरकार असफल र भ्रष्टाचारी भन्ने आरोप लागिसकेकाले विपक्षी र जनताले ओलीको राजिनामा माग्नैपर्नेमा उनले जोड दिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।