उप–प्रमुख गुरुङलाई कोभिड– संक्रमण


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित





पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण भएको छ । उप–प्रमुखलाई विहीबार कोरोना संक्रमण पुष्टि भएको हो । उप–प्रमुख गुरुङले विहीबार विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरसबाट अछुतो रहन नसकेको बताएकी छन् ।

उप–प्रमुख गुरुङले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेकी छन् ।

उप–प्रमुखले आफूले छिट्टै कोरोनालाई जितेर नागरिकको सेवामा फर्किने विश्वास व्यक्त गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।