नेपाल पत्रकार महासंघका महासचिव विष्ट कोरोना संक्रमण मुक्त


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित




नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट कोरोना संक्रमणबाट मुक्त भएका छन् । महासचिव विष्ट शुक्रबार विहानबाट कोरोना संक्रमणबाट मुक्त भएका हुन् । महासचिव विष्टले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमणबाट मुक्त भएको जनाएका छन् ।

महासचिव विष्टले कोरोनासँग लड्न सजिलो नभएको आफ्नो अनुभव रहेको बताएका छन् । कोरोनासँग लड्दा मानसिक र शारिरिक रुपमा निकै कष्ट र तनाव झेलेको भन्दै उनले लेखेका छन्,‘कोरोनासँग लड्न सजिलो नभएको मेरो अनुभव रह्यो । मानसिक र शारिरिक रुपमा निकै कष्ट र तनावपूर्ण अवस्था झेलेर कोरोना मुक्त भएकोमा खुशी लागेको छ ।’

महासचिव विष्टले कोरोना संक्रमणबाट बच्नका लागि विशेष साबधानी र सतर्कता अप्नाउन अपिलसमेत गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।