पोखराका २ महिलासहित गण्डकी प्रदेशमा ३ कोरोना संक्रमितको मृत्यू


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित




पोखराका २ सहित गण्डकी प्रदेशमा थप ३ जनाको मृत्यू भएको छ । गण्डकी प्रदेशमा पोखराका २ र लमजुङको १ गरी पछिल्लो पटक थप ३ जनाको मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो पटक पोखरा महानगरपालिका वडा नम्बर १७ की ७५ वर्षिया महिलाको मृत्यू भएको छ । गण्डकी मेडिकल कलेजमा उपचाररत ती महिलाको आज विहान पौने ४ बजे मृत्यू भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ । गत कात्तिक २४ गते कोरोना पुष्टि भएकी उनमा पहिलेदेखि नै उच्च रक्तचाप, निमोनिया र मधुमेहको समस्या रहेको जनाइएको छ ।

त्यस्तै, पोखरा ९ की ८३ वर्षिया महिलाको पनि कोरोनाका कारण मृत्यू भएको छ । फिस्टेल हस्पिटल पोखरामा उपचाररत उनको आज विहान ७ः३० बजे मृत्यू भएको निर्देशनालयले जनाएको छ । गत कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएकी उनमा पनि पहिलेदेखि नै निमोनिया, उच्च रक्तचाप र स्वासप्रस्वास सम्बन्धी समस्या रहेको जनाइएको छ ।

यसैगरी लमजुङ बेशीसहर नगरपालिका वडा नम्बर ५ का ७१ व्र्षिय पुरुषको पनि कोरोनाले मृत्यू भएको छ । गत कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएका उनको विहीबार साँझ ६ः४५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यू भएको निर्देशनालयले जनाएको छ । मृतकमा पहिलेदेखि नै निमोनिया र हेपाटाईटिसलगायतका रोगहरु रहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।