कोरोना : बिहीबार गण्डकीमा २०२ ‘डिस्चार्ज’ , १४० जनामा संक्रमण


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित




मंसिर ४ पोखरा । गण्डकी प्रदेशमा बिहीबार संक्रमितभन्दा ‘डिस्चार्ज’ हुने बढेका छन् । बिहीबार प्रदेशमा २०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने सोही अवधीमा १४० जनामा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले आज साँझ अध्यावधिक गरेको विवरण अनुसार प्रदेशमा हालसम्म १० हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्य ५ हजार ९३८ जना संक्रमणमुक्त र १३१ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै आज थपिनेमा ८८ जना पुरुष र ५२ जना महिला छन् । जसमध्य सबैभन्दा बढी कास्कीका ७७ जनामा कोरोना पाइएको छ । त्यस्तै नवलपुर वर्दघाट सुस्तापूर्वका २२, बाग्लुङका ११, गोरखाका १०, तनहुँका ९, स्याङ्जाका ५, लमजुङका ३, मुस्ताङका २ र पर्वतका एक जना छन् । ५२३ जनामा गरिएको नमुना परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

यस्तै सोही अवधीमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ ।
हाल प्रदेशभर सक्रिय संक्रमित४ हजार ६१९ जना छन् । जसमा ३ हजार ४३४ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

होम आइसोलेसनमा रहनेमध्य कास्कीका २ हजार ६२५, नवलपुर पूर्वका ४३१, तनहुँका २०१, गोरखाका १४३, पर्वतका ५४ र बाग्लुङका १० जना छन् ।

यस्तै सक्रिय संक्रमित मध्य सबैभन्दा बढी कास्कीमा छन् । कास्कीमा हाल २९ सय जना सक्रिय संक्रमित छन् । हालसम्म कास्कीका ४ हजार ३६२ जनामा कोरोना संक्रमण पाइएको छ । कोरोनाबाट ६४ जनाको मृत्यु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।