निकिशा श्रेष्ठलाई ‘ह्यारस्मेन्ट’ गर्ने समुह प्रहरी नियन्त्रणमा


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित




मंसिर ४ काठमाडौं । सार्वजनिक स्थलमा निकिशा श्रेष्ठलाई दुर्व्यवहार गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालमा निकिशालाई दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न भएको अभियोगमा तीन जनालाई बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १७ वर्षीय विशेष जोशी, १९ वर्षीय सफिल खत्री र अर्का एकजना १६ वर्षीय किशोर छन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर, भक्तपुरले पक्राउ गरेको भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले बताए ।

सडकमा हिँडीरहेकी निकिशालाई मोटरसाइकलमा आएको समूहले दुव्यहार र अपशब्द बोलेको भिडियोमा छ ।

पहिले निकेश नाम भएकी निकिशा अहिले आफूलाई केटी भनेर चिनाउन चाहान्छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।