भारतको दिल्लीमा माक्स नलगाउनेलाई जरिवाना हुने


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित




मंसिर ४ पोखरा । भारतको दिल्ली सरकारले कोरोना भाइरस (कोभिड–१९) को नियम पालना गराउन नयाँ नियम लागू गरेको छ ।

दिल्ली सरकारका मुख्यमन्त्री अरबिन्द केजरीवालले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सार्वजनिक स्थलमा मास्क नलगाउने मानिसलाई दुई हजार भारतीय रुपैयाँ जरिवाना गरिने नयाँ नियम सार्वजनिक गरिएको बताए ।

मास्कको प्रयोगले कोरोना संक्रमणको कम हुने भएकाले सार्वजनिक स्थलमा जाँदा मास्क अनिवार्य गरिएको उनको भनाई छ ।

केजरीवालले दिल्लीमा संक्रमितको उपचारका लागि पर्याप्त बेडहरु रहेको दाबी गरे । उनले बिहीबार दिल्लीमा कोरोना संक्रमणको अवस्थाबारे अध्ययनको लागि सर्वपक्षीय बैठक बोलाएका थिए । केजरीवालले उक्त बैठकमा सबै पार्टी एक भई दिल्लीका नागरिकको सेवाको लागि तयार भएको जानकारी दिए ।

दिल्लीमा पाँच लाख कोरोना संक्रमण देखिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।