आज छठको तेस्रो दिन ‘सँझिया घाट’


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित




आज (शुक्रबार) छठको तेस्रो दिन अर्थात ‘सँझिया घाट’।

छठको तेश्रो दिन ‘सँझिया घाट’ अर्थात् साँझमा व्रतालूहरु खोला, नदी, तलाउ अथवा जलाशयको आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अघ्र्य दिने गर्दछन्।

अनि, चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएर व्रतको समापन गर्ने चलन छ।

पर्वको तेस्रो दिन सूर्य उपाशनाको निराहार ब्रत बसेर ब्रतालुले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन्। यसलाई मिथिला क्षेत्रमा ‘सझुका अरख’ भन्ने गरिएको छ।

तिहारमा बाँकी भएका पटका, फूलझरी अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन कीर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय बन्ने गर्छ ।

यसरी, छठपूजाको क्रममाा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसंगीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको पाइन्छ।

छठको दोस्रो दिन बिहीबार छठका ब्रतालुले ‘खरना’ को विधि तयारी पूरा गरेका हुन्छन्।

कर्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज (बिहीबार) पर्वको दोस्रो दिन ‘खरना’ का दिन ब्रतालुहरु दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलार ग्रहण गर्छन् ।

चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् ‘खरना’का दिन माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन्।

हिँजो (बिहीबार) दिनभरि उपवास बसेर ब्रतालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गरेका छन्। ब्रतालुले पर्वको पहिलो दिन (बुधबार) ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खानेकुरा खाइने) विधि सम्पन्न गरिसकेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।