सहकारीमा करसम्बन्धी गण्डकी प्रदेश स्तरीय एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार भएको छ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजना र आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशको प्राविधिक सहयोगमा सहकारीमा कर सम्बन्धी व्यवस्था र कर भुक्तानका प्राविधिक पक्षमा जानकारी दिई सहकारी संस्था संचालनमा सहजता प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ।
कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा बैंकले सहकारी व्यवस्थापन, लेखा तथा कर लगायतका विषयमा नियमित रुपमा सहजीकरण गर्दै आएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए।
उनले सहकारी व्यवसायलाई थप प्रभावकारी र व्यवस्थित गराउन कार्यक्रम सहयोगी हुने धारणा राखे।
कार्यक्रममा सहकारीका सम्बन्धमा विद्यमान करका व्यवस्थाहरु विषयमा आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशका सचिव चन्द्रकला पौडेलले सहजीकरण गरेकी थिइन्।
सहजीकरण गर्दै सचिव पौडेलले कर प्रणालीबारे जानकारी लिन कार्यक्रम सहयोगी हुने बताइन्। उनले भनिन्, ‘कर प्रणालीलाई बुझेर काम गर्न सकियो भने जरिवाना र ब्याजको झण्झट हुँदैन।’
उनले सहकारी व्यवसाय संचालन गर्दा भुक्तान गर्नुपर्ने करका दायराहरु र छुट लगायतका विषयमा जानकारी गराएकी थिइन्।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश सहकारी विभागका रजिष्ट्रार प्रेमप्रसाद ढकालले कोरोना संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सहकारी बैंकले सहकारीको प्रवद्र्धनका क्षेत्रमा नियमित समन्वयकारी भूमिका निर्वाह गरेको बताए।
उनले भने, ‘बैंक र विभागबीच सहकार्य गरेर सहकारीकर्मीहरुको क्षमता अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गर्न विभाग सदैव तयार छ।’
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय तनहुँका कम्प्युटर अधिकृत रामप्रसाद पोखरेलले कर भुक्तान र दाखिला सम्बन्धमा सहजीकरण गरेका थिए।
कार्यक्रमका सहजकर्ता तथा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै बैंकका संचालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारी संस्था संचालनका क्रममा आउन सक्ने करसम्बन्धी समस्या समाधानका लागि कार्यक्रम उपयोगी हुने धारणा राखे।
कार्यक्रमको संचालन बैंकको दमौली शाखाका प्रमुख उपेन्द्र दाहालले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मस्र्याङ्दी नदी…







