पछिल्लोपटक पोखरा महानगरपालिका वडा नम्बर २७ का ७१ व्र्षिय कोरोना संक्रमित पुरुषको मृत्यू भएको छ । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत उनको गएराती १ बजेर ४० मिनेटमा मृत्यू भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत कात्तिक २९ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई जटिल खालको निमोनियासँगै उच्च रक्तचापको समेत पहिलेदेखि नै समस्या रहेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का ५४ वर्षिय पुरुषकोपनि मृत्यू भएको छ । गण्डकी मेडिकल कलेजमै उपचाररत उनको विहान ३ बजेर ४० मिनेटमा मृत्यू भएको निर्देशनालयले जनाएको छ । कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनियासँगै मिर्गौला र उच्च रक्तचाप सम्बन्धी समस्या रहेको जनाइएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ का ६८ वर्षिय पुरुषकोपनि मृत्यू भएको छ । मंसिर ४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भर्ना भएका उनको गएराती ११ बजे मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई विहीबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकमा पहिलेदेखि नै निमोनियाको समस्या रहेको जनाइएको छ ।
त्यस्तै, पोखरा २१ क ७५ वर्षिय पुरुषको पनि कोरोनाले मृत्यू भएको छ । विहीबार अस्पताल भर्ना भएका उनको गएराती ११ बजेर २० मिनेटमा मृत्यू भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमापनि निमोनियाको समस्या पहिलेदेखि नै रहेको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।
यसैगरी, पोखरा १७ का २९ वर्षिय पुरुषकोपनि कोरोनाले मृत्यू भएको छ । गएराती अस्पताल भर्ना भएका उनको राती १२ः३० बजे मृत्यू भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ । उनमो निमोनियालगायतका समस्या रहेको जनाइएको छ ।
त्यस्तै, पोखरा १३ का ५५ वर्षिय पुरुषकोपनि कोरोनाले मृत्यू भएको छ । आजै अस्पताल भर्ना भएका उनको विहान सवा ४ बजे मृत्यू भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ । उनमापनि निमोनिया, डायविटिज र मिर्गौलाको समस्या रहेको जनाइएको छ ।
त्यसैगरी पोखरामा उपचाररत तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ४ का ५१ वर्षिय कोरोना संक्रमित पुरुषकोपनि मृत्यू भएको छ । गण्डकी मेडिकल कलेजमा उपचाररत उनको शुक्रबार विहान ९ः३० बजे मृत्यू भएको निर्देशनालयले जनाएको छ । उनमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
शुक्रबार ७ जना मृतक थपिएसँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यू हुनेको संख्या १३८ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरोबाट प्रभावित मनाङको स्थलगत निरीक्षण गरेका छन्…







