ल्यान्डफिल साइटमा बगैँचा निर्माण


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित




मंसिर ५ इटहरी । धनकुटाको ल्यान्डफिल साइटमा निर्माण भएको बगैँचा ।धनकुटा जिल्लाको धनकुटा नगरपालिकाले कुहिने फोहर घरमै विसर्जन र नकुहिने फोहरको लोभलाग्दो व्यवस्थापन गरेको छ ।

ल्यान्डफिल साइटमा दुर्गन्ध आउँदैन । यसको अवलोकन भ्रमणमा ३०० भन्दा बढी स्थानीय निकायका जनप्रतिनिधि, सयौँ विद्यार्थी, दर्जनौँ विज्ञ र चार उप–प्रधानमन्त्री आइसकेको नगरपालिकाका वातावरण अधिकारी उपेन खनालले जानकारी दिए ।

धनकुटा नगरपालिकाको फोहर व्यवस्थापनले नेपाल सरकारबाट दुई चाटि राष्ट्रिय पुरस्कारसमेत पाएको छ । –रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।