गण्डकीमा शुक्रबार निको हुने र थपिने संक्रमित उस्तै–उस्तै


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित




मंसिर ५ पोखरा । गण्डकी प्रदेशमा शुक्रबार निको हुने र थपिने कोरोना संक्रमितको संख्या उस्तै–उस्तै रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा १३६ जना संक्रमित निको भएका छन् भने १३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार शुक्रबार ६७० जनामा गरिएको नमुना परीक्षणमा ८८ पुरुष र ५१ जना महिलामा संक्रमण पाइएको हो ।

आज थपिनेमा सबैभन्दा कास्कीका छन् । कास्कीका १ सय जनामा कोरोना पाइएको छ । यस्तै तनहुँका १३, लमजुङका ८, नवलपुर वर्दघाट सुस्ता पूर्वका ६, स्याङ्जा, बाग्लुङ र पर्वतका ४–४ जना थपिएका छन् ।

यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणको पुष्टि हुनेको संख्या १० हजार ८२७ पुगेको छ । यस्तै कोरोना भाइरस निको हुनेको संख्या ६ हजार ७४ छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १३९ पुगेको छ ।

यो सहित अब प्रदेशमा ४ हजार ६१४ जना सक्रिय संक्रमित छन् । जसमा ३ हजार ४०८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा भनिएको छ ।

जसमा सबैभन्दा बढीका कास्कीका २ हजार ६२५ जना होम आइसोलेसनमा छन् । यस्तै नवलपुर पूर्वका ३७७ जना, तनहुँका २०१, गोरखाका १४१, पर्वतका ५४ र बाग्लुङका १० जना होम आइसोलेसनमा छन् ।

प्रदेशमा प्रतिशतका आधारमा हेर्दा निको हुने संक्रमित ५६.१० प्रतिशत, सक्रिया संक्रमित ४२.६२ प्रतिशत र १.२७ प्रतिशतको मृत्यु भएको छ ।

हालसम्म प्रदेशभर १ लाख २ हजार ८७९ वटा पिसिआर परिक्षण भएको छ ।

जिल्लागत विवरण


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।