अमेरिकी दुई कम्पनीले कोरोना (कोभिड) विरुद्धको प्रभावकारी खोप बनाएको दाबी गरेका छन्।
अमेरिकाको फाइजर र त्यसको साझेदार बायोन टेकले कोरोना (कोभिड) विरुद्धको प्रभावकारी खोप बनाएको दाबी गरेका हुन्।
कोभिड विरुद्धको खोप स्वीकृतिका लागि ती दुईवटा अमेरिकी कम्पनीले आवेदनको तयारी समेत थालेको बताएको छ।
कोरोना भाइरस लाग्न नदिने खोप बनाएको दावी गरेका २ अमेरिकी कम्पनीले इजाजतका लागि आवेदनको तयारी गरेका हुन्।
फाइजर र त्यसको साझेदार बायोन टेकले आवेदन दिइसकेको बीबीसीले जनाएको छ।
उनीहरुले अमेरिकी खाद्य तथा औषधि व्यवस्था विभाग (एफडीए ) मा अनुमतिका लागि निवेदन दर्ताको तयारी गरेका छन्।
तर, ती कम्पनीले दावी गरे अनुसारका तथ्य अध्ययनमा (एफडीए )ले कति समय लगाउँछ भन्न नसकिने अवस्था संचार माध्यमहरुले बताउँदै आएको छ।
तर, डिसेम्बर मध्यसम्म अर्थात् १ महिनाभित्रमा स्वीकृति पाउने अपेक्षा अमेरिकी सरकारको छ।
६५ वर्षमाथिको उमेरका ९४ प्रतिशत मानिसलाई खोपले बचाउने परीक्षण तथ्यांकसहित कम्पनीहरुले निवेदन दिन लागेका हुन्।
सो खोप बेलायतले ४ अर्व डोज पहिले नै अर्डर गरिसकेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






