विश्वभर सबै भन्दा बढी अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्दो


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित




विश्वमै कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित र मृतकहरु रहेको अमेरिकामा दैनिक संक्रमण र मृत्युदर पनि सबैभन्दा उच्च रहेको छ।

अमेरिकामा बितेको २४ घन्टामा मात्रै १ लाख ९१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।
यसैगरी, एकैदिन मृत्यु हुनेको संख्या पनि २ हजार नजिक पुगेको छ।

योसँगै अमेरिकामा कूल संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ।

संक्रमणकै कारण अमेरिकामा हालसम्म २ लाख ६० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

अमेरिकापछि भारत

संक्रमितको संख्याका आधारमा भारत दोस्रो बढी प्रभावित मुलुक रहेको छ। भारतमा पछिल्लो २४ घन्टामा ४६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।

योसँगै भारतमा कूल संक्रमितको संख्या ९० लाख ५० हजार नाघको छ।

भारतमा १ लाख २३ हजारभन्दा बढीको संक्रमणकै कारण ज्यान गएको छ।

भारतमा संक्रमण र मृत्युदर घट्दो क्रममा छ।

ब्राजिल र युरोपेली मुलुकमा पनि संक्रमण बढ्दो

तेस्रो बढी प्रभावित मुलुक ब्राजिलमा पनि संक्रमण घट्दो क्रममा छ।

बेलायत, इटाली, फ्रान्स, स्पेन, जर्मनी र पोल्याण लगायतका युरोपेली मुलुकमा समेत पछिल्लो समय संक्रमण व्यापक रुपमा वृद्धि भएको छ।

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड ७८ लाख नाघेको छ।

कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १३ लाख ७६ हजारभन्दा बढी पुगेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।