नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै गर्दा उम्मेदवारहरु तीब्र प्रचार अभियानमा जुटेका छन्।
वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी सदस्यसम्मका उम्मेदवारहरूले भोट माग्न सामाजिक सञ्जालको उपयोग गरेका छन्।
महासंघको आउँदो ११ गतेदेखि १३ गतेसम्म ५४ औं वार्षिक साधारणसभा र नयाँ कार्यसमिति चयनका लागि चुनाव हुँदैछ।

महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेसँगै अध्यक्षबाहेकका पदमा चुनाव हुनेछ।
वरिष्ठ उपाध्यक्षका चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उम्मेदवारी दिएका छन्।
महासंघको ६३ पदका लागि १ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
महासंघको विधानअनुसार निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष १, जिल्ला (नगर उपाध्यक्ष) १, वस्तुगत उपाध्यक्ष १, एशोसिएट उपाध्यक्ष १, जिल्ला (नगर सदस्य) १८, प्रदेश सदस्य ७, वस्तुगत सदस्य १४, एशोसिएट सदस्य १९ र द्विराष्ट्रिय सदस्य १ जना गरी ६३ जना निर्वाचित हुनेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरोबाट प्रभावित मनाङको स्थलगत निरीक्षण गरेका छन्…







