प्रतिकात्मक तस्बीर
मंसिर ६ पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शनिबार थप २ जनाको मृत्य भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा, कोभिड–१९ केन्द्रमा उपचाररत पोखरा र पर्वतका एक–एक जना पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–१३ का ७९ वर्षिय पुरुषको गएराति ११ : ३० बजे मृत्यु भएको हो । उनमा कोभिडा सहित निमोनिया, उच्चरक्तचाप लगायतका समस्या रहेको जनाइएको छ । उनमा गत कार्तिक २८ गते संक्रमण पुष्टि भएको थियो ।
यस्तै सोही अस्पतालमा उपचाररत पर्वतको मोदी गाउँपालिका – ६ का ६१ वर्षिया पुरुषको पनि शनिबार बिहान १० :१० मा मृत्यु भएको छ । उनमा मंसिर ५ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । साथै उनमा कोभिड निमोनिया , उच्चरक्तचाप लगायतका समस्या रहेको निर्देशनायद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी असोज १८ देखि काठमाडौँमा हुने भएको…







