पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोना विवरण : थपिने भन्दा निको हुने धेरै


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित




मंसिर ६ पोखरा । गण्डकी प्रदेशमा निको हुने कोरोना संक्रमितको संख्या बढेको छ ।

शनिबार प्रदेशका १४० जना कोरोनामुक्त र थप १०९ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार आज ७३५ जनामा गरिएको नमुना परीक्षणमा ६६ जना पुरुष र ४३ जना महिलामा सक्रमण पाइएको हो ।

यसरी थपिनेमध्य सबैभन्दा बढी कास्कीका ५६ जना छन् । यस्तै तनहुँका २४, नवलपुरका १२, लमजुङका ५, स्याङ्जा र बाग्लुङका ४–४ जना, पर्वत र म्याग्दीका २–२ जनामा थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यो संगै प्रदेशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको छ ।

निर्देशनालयद्वारा जारी तथ्याङ्क अनुसार १० हजार ९३६ जनामा कोरोना संक्रमण हुँदा ६ हजार २१४ जना संक्रमणमुक्त भइसकेका छन् ।

अब ४ हजार ५८१ जना प्रदेशभर सक्रिय संक्रमित छन् । ती मध्य ३७५५ जना होम आइसोलेसनमा रहको तथ्याङ्कमा उल्लेख छ ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीमा ३ हजार १६ जना होम आइसोलेसनमा छन् । यस्तै नवलपुर पूर्वका ३७७, तनहुँका २०१, गोरखाका ९७, पर्वतका ५४ र बाग्लुङका १० जना छन् ।

यस्तै सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा रहेको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा उल्लेख गरिएको छ । कास्कीमा २ हजार २९१ जना संक्रमित आइसोलेसनमा छन् ।

त्यसैगरि हाल गण्डकी प्रदेशका ९३ जना क्वारेन्टिनमा छन् । जसमध्य नवलपुर वर्दघाट सुस्ता पूर्वका ५६, कास्कीका १५, बाग्लुङमा २, तनहुँमा ६ र मुस्ताङमा ५ जना रहेको जनाइएको छ ।

हालसम्म प्रदेशभर १ लाख ३ हजार ६१४ नमुना परीक्षण गरिएको छ । जसमा ९२ हजार ६७८ को नेगेटिभ रिर्पोट आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।