मोटरसाईकलको ठक्करबाट बालकको मृत्यू


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित




सांकेतिक तस्विर

तनहुँमा शनिबार भएको दुर्घटनामा १ जनाको मृत्यू भएको छ । तनहुँको भानु नगरपालिका वडा नम्बर पञ्चनगरमा भएको दुर्घटनामा ८ वर्षिय बालकको मृत्यू भएका गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पञ्चनगरबाट डुम्रेतर्फ आईरहेको बा.७० प ६९०१ नम्बरको मोटरसाईकलले पैदलयात्री बाङ्गेरुवाका राजु सिंखडाको ८ वर्षिय छोरा आईज्याक सिंखडालाई ठक्कर दिदा गम्भीर घाईते भएका थिए । तत्कालै उद्धार गरेर चितवन मेडिकल कलेज भरतपुर लगिएपनि दिउँसो १ बजेर ५ मिनेटमा मृत्यू भएको प्रहरीले बताएको छ ।

बालकलाई ठक्कर दिने मोटरसाईकल र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।