मंसिर ६ काठमाण्डौं । नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणले आजबाट अवलोकन गर्न पाउने भएका छन् ।
गत बैशाख १ गतेबाट खुल्ला गर्ने भनिएपनि कोरोना महामारीका कारण रोकिएको सदन सर्वसाधारणका लागि आजबाट खुल्ला हुने भएको हो । २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा बीरेन्द्र शाहको वंशनास भएदेखी सो सदन बन्द अवस्थामा थियो ।
सो सदनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले औपचारिक रूपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला भएको हो ।
सदनमा सर्वसाधारणहरुले मोटर ग्यारेजमा हिटलरले स्व। राजा त्रिभुवनलाई उपहारस्वरुप दिएको कार, वीरेन्द्रले राजकीय समारोहमा प्रयोग गर्ने श्रीपेच भएको गाडी, विदेशी पाहुनाले प्रयोग गर्ने गाडी हेर्न पाउनेछन् ।
यस्तै, वीरेन्द्रले प्रयोग गरेको हेलिकोप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ ।
२०२३ सालमा बनेको सो सदन तीन तलाको छ । अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए । ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरूका नाम जिल्लाबाट राखिएको दाहालले जानकारी दिए ।
अझै मनाङ, मुस्ताङ, जाजरकोटजस्ता लगभग १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समयक्रमअनुसार सबै खुला हुने जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आगामी असोज १८ देखि काठमाडौँमा हुने भएको…







