विप्लव नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य प्रेम दर्नाल (विकल्प)सहित २ जना नेताहरु पक्राउ परेका छन् । प्रहरीले नेकपाका अर्थ विभाग प्रमुखसमेत रहेका पोलिटव्यूरो सदस्य विकल्प र अर्थ विभाग सदस्य सञ्जीव नेपाली (सुवर्णलाई पक्राउ गरेको हो ।
काठमाडौंको नख्खुमा व्यवसायीहरुसँग छलफल गरिरहेका बेला उनीहरुलाई पक्राउ गरेको विप्लव नेतृत्वको नेकपाले बताएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ती निकाल्दै विकल्प र सुवर्ण पक्राउ परेको पुष्टि गरेका हुन् । प्रकाण्डले निकालेको विज्ञप्तीमा दुई नेतालाई आपराधिक र अपहरण शैलीमा गिरफ्तार गरिएको भनिएको छ । साथै उनीहरुको विनाशर्त रिहाई गर्न विज्ञप्तीमार्फत नेकपाले माग गरेको छ ।
प्रहरीले भने जबरजस्ती चन्दा असुली र धम्की दिएको आरोपमा दर्नाल र नेपालीलाई पक्राउ गरेको दाबी गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरोबाट प्रभावित मनाङको स्थलगत निरीक्षण गरेका छन्…







