अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट संक्रमित भएका छन्।
उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियर लाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टि गरेका हुन्।
यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पूर्वसन्ध्यामा कोरोनाभाइरसबाट संक्रमित भएका थिए।
त्यसैगरी, ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरु समेत केही समय अगाडि कोरोनाभाइरसबाट संक्रमित भएका थिए।
अहिले ट्रम्प जुनियरकी केटी साथी किमबेर्ली गुइल्फोयले पनि संक्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन्।
ट्रम्प जुनियर हालै २ सय ५० भन्दा बढी अतिथिहरु सहभागी भएको भोजमा सहभागी भएका थिए।
राष्ट्रपति कार्यालय ह्वाईट हाउसमै आयोजना गरिएको सो रात्री भोजमा सहभागी लगभग सवैले मास्क लगाएका थिएनन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा…







