पोखरामा १०७ जनासहित गण्डकी प्रदेशमा आईतबार १२५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा पोखरामा १०७ जनासहित १२५ जना नया कोरोना संक्रमित थपिएका हुन् ।
आईतबार पोखरामा मात्र १०७ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले जारी गरेको पहिलो वुलेटिनमा १९ जना, दोश्रो वुलेटिनमा ४६ जना, तेश्रो वुलेटिनमा ६ जना र चौथो वुलेटिनमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।
पोखरापछि आईतबार बागलुङमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । त्यस्तै, स्याङ्जा २, पर्वत २, तनहुँ २ जना संक्रमित भएको समाचारमा जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







