पछिल्लो २४ घण्टामा नेपालमा कोरोना विवरण, थपिने भन्दा निको हुने झण्डै चारगुणा बढी


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या थपिने भन्दा निको हुने झण्डै चार गुणा बढी भएको छ । शुरुमा ह्वात्तै बढेको कोरोना संक्रमितको संख्या अहिले घट्दै गर्दा निको हुनेको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । यहि अवधीमा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये हालसम्म १ लाख ९९ हजार २४ जना संक्रमण मुक्त भएका छन् ।

हाल कोरोनाको २० हजार १ सय ६६ वटा सकृय केस रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।