विन्ध्यवासिनी मन्दिर खुलाउन व्यवसायीको माग, मन्दिर खुलाउन पहल गर्ने सांसद बरालको आश्वासन


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य विन्ध्यवासिनी मन्दिरको उत्तर तर्फको पनि ढोका खुल्ला गराउने बिषयमा सम्बन्धित निकायसंग छलफल गरी न्यायसंगत निर्णय गराउन आवश्यक पहल गर्ने बताएका छन् । स्थानिय व्यवसायीहरुले विन्ध्यवासिनी मन्दिरको उत्तर तर्फको ढोका खुल्ला गराउन आइतबार सांसद बराललाई मन्दिर परिसरमै बोलाएर उक्त माग गरेकोले आफु यस क्षेत्रकै जनप्रंतिनिधि भएको हुँदा त्यसको न्यायसंगत निर्णय गराउन आवश्यक पहल गर्ने सांसद बरालले बताएका हुन्।

संघिय सरकारले अब छिट्टै मठ मन्दिरहरु खुल्ला गराउनु पर्ने राय व्यक्त गर्दै सांसद बरालले कोरोनाको नाममा अब मठ मन्दिरहरु खुल्ला गर्न ढिलाई गर्न नहुने तर आवश्यक स्वास्थ्य मापदण्ड पुरा गर्नु पर्ने बताए । आफुहरुको माग विभिन्न ठाँउमा राख्दा समेत कतैबाट केही नलागे पश्चात सांसद बराल समक्ष मन्दिरको गेट खुलाउन आग्रह समेत गरिएको स्थानिय कृष्ण प्रसाद शर्माले बताए ।

समितिले पूर्व तर्फको ढोका खुल्ला गर्नाले उत्तर तर्फका व्यवसायीहरु निकै मारमा परेको उनीहरुको गुनासो छ । मन्दिर बन्दा हुदा भक्तजनले उक्तर तर्फको मुल गेटमै दर्शन गर्न लागे पनि शनिबार देखि आफुहरुले पनि पुजा आज गर्न नदिएको हुदा समितिले पूर्व तर्फको मात्र मन्दिरको ढोका खुल्ला गर्दा पुजा सामाग्रि र फल फुलबाटै जिवीको पार्जन गर्ने २० जना व्यवसयाीहरु प्रत्यक्ष रुपमा प्रभावित हुने भएको स्थानिय व्यवसायी शर्माले जनाए ।
अर्को एक व्यवसायी कृष्ण पराजुलीले मन्दिर जाने उक्तरतर्फको पुरानो बाटो भएको हुँदा उत्तर गेट बन्दा हुँदा आफुहरुका २० वटा व्यवसायीहरुको एक रुपैयाको समेत कारोवार नहुने गरेको गुनासो गरे । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले उत्तरतर्फका व्यवसायीहरुलाई भने फरक ढंगले हेर्ने गरेको पराजुलीले जनाए ।

आइतबार पोखरा र पोखरा आसपास हुदै दाङसम्मका पर्यटकहरु पूर्व तर्फको ढोकाबाट विन्ध्यवासिनी मन्दिर प्रबेश गरेका थिए । सुरक्षागार्ड गेटमा रहेका थिए भने सुरक्षाकर्मीले आगन्तुकलाई सावुन पानीले राम्रोसंग हात धुन आग्रह गरेका थिए ।

धेरै लामो समय देखि बन्द भएको उक्त मन्दिर खुलाउने प्रयास स्वरुप हाल २÷४ जना भक्तहरुलाई मन्दिर प्रबेस गराइएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तिर्थ श्रेष्ठले बताए । लकडाउनको समयमा पनि मन्दिरको उत्तरतर्फका व्यवसायीहरुले राम्रो लाभ लिएकोले हालको अबस्थामा आफुहरुले अनौपचारिक रुपमा मात्र पूर्व तर्फको गेट खुल्ला गराएको उनले जनाए । भाकल गरेका र विवाहको सिजन पनि अब सुरु भएकोले अहिलेको अबस्थामा मन्दिर पूर्ण रुपमा बन्द गराउन नसकिने समितिले जनाएको छ । मन्दिर परिसरमा रहेका फलफुलका १८ वटा सटर व्यवसायी तथा स्थानिय केही व्यवसायीहरु मन्दिर बन्द हुँदा प्रत्यक्ष रुपमा प्रभावित भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।