म्याद नाघेका करिब ३ करोड रुपैयाँ बराबरका उपभोग्य वस्तु नष्ट


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित




म्याद नाघेका करिव ३ करोड रुपैयाँ बराबरको म्याद नाघेका उपभोग्य वस्तुहरु बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नष्ट गरेको छ।

गत भदौ अन्तिम साता गरिएको बजार अनुगमनका क्रममा काठमाण्डौ कलंकीस्थित एउटा गोदामबाट बरामद गरिएका म्याद नाघेका २ करोड ९३ लाख रुपैयाँ बराबरका विभिन्न पेय तथा खाद्य सामाग्री नष्ट गरिएको हो।

भारत घर भइ काठमाण्डौ बस्ने रोनक बोथराको गोदामबाट म्याद नाघेका खाद्य वस्तुमा री–लेवलिङ गर्ने गरेको अवस्थामा ट्याङ जुसका प्याकेट, बिस्कुट, चकलेट तथा बर्नभिटा बरामद गरिएको थियो।

ती सामाग्रीहरु नष्ट गर्न महानगरपालिकालाई दिइएको र सिसडोल ल्याण्डफिल साइटमा लगेर महानगरले सवै सामाग्री नष्ट गर्नेछ।

बिभागले बोथरा र धादिङका शंकर बयलकोटीलाइ ३ लाख रुपैयाँ जरिवाना सहित एकबर्ष कैद सजायको फैसला पनि गरेको छ। त्यसैगरी अन्य ६ जनालाई प्रतिव्यक्ति ३ लाख १२ हजार जरिवाना गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।