तस्बीर श्रोत : नेपाल टेलिभिजन
नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा स्वीप अपरेसन थालेको छ।
सुरक्षा संवेदनशिलतामा बृद्धि भएपछि चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले निकुञ्जको सबै क्षेत्रमा पुग्ने गरि (स्वीप अप्रेशन) विशेष अभियान तीव्र पारेको हो।
विशेष गरी वर्षापछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाको बटुक दल गणले विगत १ महिना अगाडीबाट सुरु गरेको विशेष अभियान तीव्र पारेको हो।
विगतका वर्षमा अधिकांश चोरी शिकारीका घटना यसै मौसममा हुने गरेको तथ्यांकले देखाएको छ।
पोष्ट नभएका क्षेत्रमा रातको समयमा पोष्ट खडा गरी बस्ने कामपनि गरिएको छ।
निकुञ्जको चुरेदेखि महाभारत हुँदै घाँसे मैदानसम्मका सबै क्षेत्रमा पुग्नेगरी अभियान संचालन गरिएको छ।
निकुञ्ज र सेनाले पछिल्लो समयमा स्थनियले नै संरक्षण संवेदनशीलता नबुझ्दा समस्या आएको भन्दै कोर ईलाका प्रवेश गर्न निर्देशन पनि गरेको छ।
संरक्षणका काम र कार्वाहीमा पछिल्लो समयमा राजनितिक दवावले समेत प्रभाव पारेको भन्दै सबै संरक्षण भावलाई थप जागरुक गर्न संरक्षणमा खलल पु¥याउने जो कोही पनि निरुसाहित गर्न संरक्षणकर्मीहरुले माग पनि गरेका छन्।
यसैविच निकुञ्ज प्रशासन र बटुकदल गणको संयुक्त टोलीले भुसहरघाटदेखि अमलटारीघाटसम्मको क्षेत्रको नारायणी नदीमा रवरबोट मार्फत रात्रीकालीन डुंगा पेट्रोल तथा स्वीप अपरेशनमा विभिन्न कार्वाही गरेको छ।
निकुञ्जको कोर इलाकामा पर्ने नारायणी नदीको लामिचौर र डुंगाघाट क्षेत्रबाट माछा मार्नको लागि छाप्रो बनाई बन्दोबस्तीका साथ बसेका ३१ जना मानिसहरुलाई ९ वटा खोपुवा डुंगा, तियारी जाल १४, ढडिया, टर्चलाईट, प्लाष्टिकको पाल, खुर्पा, लत्ताकपडा, गुलेली, भाडाकुडा लगायतका सामाग्रीहरु सहित पक्राउ गरि निकुञ्ज प्रशासनलाई बुझाएको छ।
यसैगरी चितवन राष्ट्रिय निकुञ्जमा भएको गैडाको चोरी शिकारीको कारण सुरक्षा चुनौती बढेसँगै नियमित गस्तिहरु बढाउनुको अलावा बिशेष सैनिक कारवाहीहरु पनि संचालनमा ल्याएको छ।
संवेदनशिल क्षेत्रहरुमा प्रविधिजन्य उपकरणहरु जडान, ड्रोनको प्रयोगबाट निगरानी तालिमप्राप्त डगटिमको समेत प्रयोग गरि दैनिक गस्तीको कार्यहरु संचालन गर्दै आइरहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







