सराङ्कोटमा प्याराग्लाईडिङ दुर्घटना, पाईलटको मृत्यू, पर्यटक घाईते


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित




पोखराको सराङ्कोटमा उडिरहेको प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ भने अर्का एक जना घाईते भएका छन् । पोखराको सराङ्कोटबाट उडेको फिस्टेल कम्पनीको प्याराग्लाईडिङ दुर्घटना हुँदा प्याराग्लाईडिङका पाईलट पोखरा २८ निवासी ३८ वर्षिय राजु गैरे नेपालीको मृत्यू भएको हो । सो दुर्घटनामा प्याराग्लाईडिङ गर्दै गरेकी काठमाडौं बुढानिलकण्ठकी २८ वर्षिया शिला श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिए ।

घाईते श्रेष्ठको अवस्थापनि गम्भीर रहेको प्रहरीले बताएको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

खपौंदीमा अवतरण गर्नुपर्ने प्याराग्लाईडिङ करीब डेढ किलोमिटर माथि जंगल नजिकै दुर्घटनामा परेको बताइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।