कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) मा निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत २५ वटा योजना छनौट भएका छन् । सो क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद विन्दुकुमार थापासहित समानुपातिक सांसदहरु कुमार खड्का, प्रभा कोईराला र मीनाकुमारी गुरुङले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रममा परेका योजनाहरु सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा उल्लेख भएअनुसार प्रत्यक्ष निर्वाचित सांसद थापा र समानुपातिक सांसद खड्काले १ करोड ४५ लाख ६८ हजारको १८ वटा योजना छनौट गरेका छन् भने समानुपातिक सांसद कोईराला र गुरुङले ७ वटा योजना छनौट गरेका छन् । निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रमको कार्य विधिमा प्रत्यक्ष निर्वाचित सांसदलाई समानुपातिक सांसद १ भएको क्षेत्र भए ७०÷३० प्रतिशतले बजेट बाँडफाँड गर्ने र २ वा सो भन्दा बढी समानुपातिक सांसद भएको क्षेत्र भए ६०÷४० प्रतिशत भागवण्डा गरी योजना छनौट गर्नुपर्ने भएकाले सोहि अनुसार योजना छनौट गरिएको सांसद विन्दुकुमार थापाले जानकारी दिए ।
कास्की २ को ख मा सरस्वती मन्दिर तथा बहुउद्धेश्यीय सामाजिक भवन निर्माणका लागि सबैभन्दा बढी ३१ लख रुपैयाँ छुट्याइएको छ भने बुद्ध मार्गमा नालीसहित सडक निर्माण र तुम्के–गल्र्याङ, आलेबारी सडक स्तरोन्नतीका लागि २५÷२५ लाख छुट्याइएको छ ।
कास्की निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनौट भएका योजनाहरु
१ बुद्ध मार्गमा नालि सहित बाटो निर्माण पोखरा ०९, २५,००,०००।००
२ दरवारथोक चोक बाट महेन्द्र मावि सम्म्को बाटो निर्माण (दुवै तर्फ नालि सहित), खवास टोल, पोखरा ०९, १०,००,०००।००
३ झोलुङ्गे पुल देखी स्यानीपाटन सम्म नाली सहित बाटो निर्माण र खरिकुनादेखी राधाकृष्ण मन्दिर सम्म पद मार्ग पोखरा २०, १२,००,०००।००
४ शिवशक्ति माविमा कम्यूटर ÷ मनिटर खरिद र सन्तानेश्वर शिव मन्दिरमा बाचनालय निर्माण, पोखरा ११, ५,००,०००।००
५ नविन मावीमा कम्यूटर, प्राविधिक सामाग्री, बाद्य सामाग्री र अन्य खरिद पोखरा ४ ५,००,०००।००
६ कालिमाटी मार्गमा नाला तथा स्ल्याब निर्माण र सडक बत्ती जडान पोखरा ०४ ५,००,०००।००
७ क्रियापुत्री भवन निर्माण गन्धर्व टोल र सिमलखोरी, चण्डिका टोल गैह्राबारी जाने बाटो निर्माण (नाली स्ल्याब) पोखरा १६ ५,००,०००।००
८ सरस्वती मन्दिर तथा बहुउद्देसीय सामाजिक भवन निर्माण, पोखरा ८, ३१,००,०००।००
९ गैह्राबारी आमा समुहको भवनमा शौचालय निर्माण, पोखरा १६ २,००,०००।००
१० बौद्धिक अपाङ्गता दिवा सेवा केन्द्र, कास्कीको लागी ल्यापटप, प्रिन्टर, फर्निचर, साउण्ड सिस्टम लगाएत अन्य सामाग्री खरिद पोखरा ४ ४,००,०००।००
११ महाविर कृषि मार्ग कुर तथा ऐतिहासिक कुवा चौतारी पुर्ननिर्माण, हरिपाउ पोखरा १६ ६,००,०००।००
१२ सरस्वती अम्विका मन्दिर, आत्मज्ञान केन्द्रको पुननिर्माण पोखरा १६ ५,७५,०००।००
१३ बडहरबोट कृषि मार्ग संरक्षण ÷ निर्माण पोखरा १६ ३,००,०००।००
१४ कम्पोष्ट मल निर्माण, सरसफाई कार्यक्रम, राजपँधेरा पोखरा १६ ३,२५,०००।००
१५ कुँवर घाटीपाटन चौतारी पुननिर्माण पोखरा १६ ५,००,०००।००
१६ डाँडाथोक टोल सुधार समितिको लागी ल्यापटप, फर्निचर, उर्जा र अन्य सामाग्री खरिद तथा चण्डिका प्रावीको लागी शैक्षिक सामाग्री खरिद पोखरा १६ ५,५०,०००।००
१७ पिपलडाली ऐतिहाँसीक कुवा र पर्खाल निर्माण पोखरा २० २,२५,०००।००
१८ सिँचाई डिभिजन कार्यालय मार्फत तारजाली र खानेपानी ÷ सिँचाईको पाईप खरिद पोखरा १०,९३,०००।००
जम्मा १,४५,६८,०००।००
आर्थिक बर्षः २०७७÷०७८ का लागी निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश, कास्की निर्वाचन क्षेत्र २ (ख) बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने माननिय प्रभा कोइराला र माननिय मीना गुरुङ्गको तर्फबाट रहेका योजना÷कार्यक्रमहरु तपशिल बमोजिम रहेका छन् ।
मा. प्रभा कोइराला र मा. मीना गुरुङ्गः
क्र.सं सञ्चालन हुने कार्यक्रम÷योजनाको नाम सञ्चालन हुने स्थानीय तह विनियोजित रकम रु.
१ तुम्के,गल्र्याङ, आलेबारी सडक स्तरोन्नती पोखरा १६ २५,००,०००।००
२ सुनौलो मार्गको बाटो स्तरोन्नती र शिवटोल बहुउद्देश्यिय भवन निर्माण एवं राष्ट्रिय अपाङ्ग सेवा समाज भवन अगाडी स्ल्याब निर्माण पोखरा ४ ७,००,०००।००
३ फुलवारी मार्ग बाँस्तोलाथरको बाटो तथाफुलवारी समितारा मार्गमा रेलिङ्गनिर्माण पोखरा ११ ७,००,०००।००
४ बाँसखोला बाट पाँढेथोक जानेबाटो स्तरोन्नीती पोखरा ११ ४,००,०००।००
५ प्रगतिशिल आमा समुहमा फर्निसिङ सामान पोखरा १६ ३,३२,०००।००
६ चण्डीका मन्दिरमा कम्पाउण्ड वाल, पार्क निर्माण र गायक टोलमा खानेपानी निर्माण पोखरा १६ ४,००,०००।००
७ डाडागाँउ गैह्रीस्वारा बाटो स्तरोन्नती पोखरा २० ४,००,०००।००
जम्मा ५४,३२,०००।००
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना सहयोग गरेको…





