पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोना विवरण : १२९ थपिदा १६७ निको भए


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशमा सोमबार कोरोना संक्रमितको संख्या थपिने भन्दा निको हुने झण्डै डेढ गुणा बढी भएको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमित १२९ जना थपिदा १६७ जना निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हाल कोरोनाका ४ हजार ६ सय ५१ वटा सकृय केस रहेका छन् । त्यसमध्ये ३ हजार ६ सय ९८ जना होम आईसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा हालसम्म ११ हजार १९० जना संक्रमित भएकोमा ६ हजार ३ सय ९८ जना निको भएको निर्देशनालयको वुलेटिनमा उल्लेख छ ।

गण्डकीमा हालसम्म कोरोनाले १४१ जनाको मृत्यू भइसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।