सामाजिक सञ्जाल फेसवुकमार्फत ठगी गर्ने एक जनालाई स्याङ्जा प्ररीले पक्राउ गरेको छ । फेसवुकमार्फत ठगी गर्ने बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नम्बर ४ बस्ने २७ वर्षिय रुपचन्द्र पाण्डेलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।
पण्डेले ब्राजिलमा रहेको आफ्नो परिवार गम्भीर विरामी परेकाले सहयोगको याचना गर्दै एक महिलालाई पटक÷पटक गरेर १० लाख २८ हजार ७ सय ठगी गरेको पाइएकाले उनलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका पाण्डेबिरुद्ध ठगी, आपराधिक विश्वासघाट तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा मुद्धा चलाईने प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ पहिलो चरणमा कोतरेर छाडिएका फिर्केखोलाको संरचना भत्काउन शुरु…







