मंसिर १० पोखरा । पोखरामा बुधबार राजावादीहरुले बृहत र्याली प्रर्दशन गरेका छन् । धर्म रक्षा, राष्ट्र रक्षा, हिन्दु राष्ट्र पुनस्र्थापना लगाएतको माग गर्दै पोखराको अमरसिंहचोकबाट र्याली गरिएको हो ।
कोरोना संक्रमणको बेवास्था गदै ‘नेपाली जनता जागौं’, ‘राजा ल्याऔं देश र धर्मको रक्षा गरौं’ लगायतका नारा सहित शुरु भएको मोटरसाईकल र कार र्यालीले पोखराको बजार परिक्रमा गर्दै मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरुको बाइक र कारमा पृथ्वीनारायण शाहदेखि अन्तिम राजा ज्ञानेन्द्र र कोमल शाहको तस्बिर थियो भने सहभागीले राजा लेराऔं देश बचाऔं’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘अखण्ड नेपाल जिन्दावाद’, ‘गणतन्त्र मुर्दावाद ।’ लगायतका नारा लगाएका थिए ।

मानवअधिकारचोकमा भएको कोण सभालाई शिव शेनाका अध्यक्ष अनिल बस्नेतले सम्बोधन गरेका थिए ।
र्यालीलले पोखराको ट्राफिक ब्यवस्था केही समय अस्तब्यस्त बनाएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







