आज (बिहीबार) भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला नेपाल आउँदै छन्।
भारतीय विदेश सचिवको नेपाल भ्रमण सामान्य कूटनीतिक भ्रमणको रुपमा मात्रै हेरिँदै आएपनि यो पटकको उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।
दुईदिने नेपाल भ्रमणका क्रममा सीमा विवादलाई मुख्य प्राथमिकतामा राखेर कुरा गरिने अनुमान छ।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग समेटेर नयाँ राजनीतिक नक्साङ्कन सार्वजनिक गरेसँगै भारत र नेपालबीचको सीमा विवाद छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार आज (बिहीबार) नै सचिवस्तरीय बैठकसमेत हुनेछ।
नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रमाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे बैठकमा छलफल गर्ने तयारी रहेको बताइएको छ।
दुई देशीय सीमा मामिलासहित प्रवुद्ध समूह (ईपीजी) को रोकिएको रिपोर्ट, ट्रान्समिसन लाईन, आर्थिक सहयोग एवं व्यापार, उर्जालगायत विषयमा पनि कुराकानी हुने बताइएको छ।
काठमाण्डौको एक होटलमा द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठक बसेपछि उनले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
यस्तै, श्रृंगला र परराष्टमन्त्री ज्ञवालीबीच पनि भेटघाट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
विदेश सचिव श्रृंगला नेपालको भ्रमण सकेर भोलि (शुक्रबार) दिउँसो १ बजे भारत फर्कने कार्यक्रम छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







