दक्षिण भारतमा निवार नामक शक्तिशाली तुफानका कारण भारी वर्षा र तीब्र गतिमा हावा चलिरहेको समाचार छ।
दक्षिणी भारतको तमिलनाडु र पुण्डुचेरीलगायत ठाउँमा निरन्तर भारी वर्षा हुनुका साथै तीब्र गतिमा हावा चलिरहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ।
हावाको रफ्तार १ सय २० देखि १ सय ४५ किलोमिटर प्रतिघण्टा रहेको मौसम विज्ञान विभागलाई उदृत गर्दै भारतीय संचारमाध्यमले खबर लेखेका छन्।
तमिलनाडु र पुण्डुचेरीका १ हजार भन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। चेन्नई र पुण्डुचेरीमा अझै ३ घण्टा भारी वर्षा र तीब्र गतिमा हावा चल्ने चेतावनी दिइएको छ।
तुफानका कारण दक्षिण–पश्चिम रेलवेले १ दर्जन भन्दा धेरै रेल सेवा आज (बिहीबार) का लागि बन्द गरेको छ।
संभावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका लागि ३० टिम तयार पारिएको संचार माध्यमहरुले जनाएको छ।
मौसम विभागका अनुसार दक्षिण आन्ध्र प्रदेशको तटवर्ती क्षेत्रमा पनि भारी वर्षा र तीब्र गतिमा हावा चल्ने संभावना छ।
निवार तुफानका कारण तमिलनाडुका १३ जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिइएको छ।
अहिले चक्रवात उत्तर पश्चिम दिशातर्फ बढिरहेको समाचारहरुमा जनाइएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







