कारोनाबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित




मंसिर ११ पोखरा । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २३ जनाको मृत्यु भएसंगै मृतकको संख्या बढेको हो ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ४१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमणबाट प्रदेश १ मा १८२, प्रदेश २ मा १९४, बाग्मती प्रदेशमा ६९० र गण्डकी प्रदेशमा ९१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा १९५, कर्णाली प्रदेशमा २३ र सुदुरपश्चिम प्रदेशमा ३७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ ।

यस्तै आज एक हजार ४३७ जना कोरोना मुक्त भएका छन् भने एक हजार ६१४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

अहिलेसम्म दुई लाख नौ हजार चार सय ३५ जनाले कोरोनालाई जितेका छन् ।

यस्तै सङ्क्रमितको सङ्ख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार सात सय ९३ छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।