पछिल्लो २४ घण्टामा १४३७ संक्रमणमुक्त


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित




मंसिर ११ काठमाडौं । नेपालमा कोरोना हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १४३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सोही अवधीमा १ हजार ६१४ जनामा कोरोना संक्रमण पाइएको छ । योसहित देशभर कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ४९१ जनामा गरिएको परीक्षणमा ९७४ पुरुष र ६४० महिलामा कोरोना संक्रमण पाइएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २३ जनाको मृत्यु भएको र योसँगै मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको मन्त्रालयले जनाएको छ।

नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।
यस्तै हालसम्म १७ लाख जनाको पीसीआर परीक्षण भइसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।