मंसिर ११ काठमाण्डौं । महोत्तरीको बर्दिबासमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको एम्नेष्टी इन्टरनेशनल नेपालले जनाएको छ ।
सो घटनाका सम्बन्धमा एम्नेष्टी नेपालका निर्देशक निराजन थपलियाले भने, ‘नेपालमा प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीहरूद्वारा मृत्यु र गम्भीर घाइते हुनेगरी प्रदर्शनकारीमाथि बलको अत्यधिक प्रयोग गरेको यो अर्को घटना एकदमै चिन्ताजनक छ ।’
घटना छानबिन गरी दोषीलाई कार्वाही गर्न पनि थपलियाले माग गर्दै भनेका छन्, ‘यो घटनाको तत्काल छानबिन गरिनुपर्दछ र यसमा जिम्मेवारलाई जवाफदेही बनाउने कुरा सुनिश्चित गर्नका लागि आवश्यक कदम चालिनु पर्दछ ।
महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा सोमबार ६ वर्षीया एक बालिकाको शव फेला परेको थियो । प्रारम्भिक छानबिन अनुसार बालिकालाई बलात्कार गरेर हत्या गरिएको देखिएको प्रहरीले जनाएको थियो ।
हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।
प्रर्दशन उग्र बन्दै गएपछि प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले २२ सेल अश्रु ग्याँस प्रयोग गर्नुका साथै भिडमाथि गोली प्रहार गर्दा घटनामा तीन जना गम्भीर घाइते भएका थिए । जसमध्ये एक जनाको मृत्यु भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १६ नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । नेपाली…







