मंसिर ११ काठमाण्डौं । नेपालको दुई दिने भ्रमणमा आएका भारतका विदेशसचिव हर्षबर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।
करिब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक मा सहभागी हुन नेपाल आएका उनले उनले प्रधानमन्त्रीसंग बालुवाटारमा भेटवार्ता गरेका हुन् ।
नेपाल ओर्ले लगत्तै भेटवार्तामा व्यस्त भएका उनले यस अघि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गरेका थिए । उनी होटेल याक एन्ड यतिमा भएको द्विपक्षीय बैठक सम्पन्न गरी सचिव श्रृंगला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गर्न परराष्ट्र मन्त्रालय सिंहदरबार पुगेका थिए।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।
भोली उनी गोरखा र मनाङमा भारतको सहयोगमा निर्माण भएका घर र धार्मिक स्थल उद्घाटन गर्न जाने कार्यक्रम छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १६ नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । नेपाली…







