मंसिर ११ पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या घटेर ४ हजार ६६९ पुगेको छ ।
गएको २४ घण्टामा एक सय ४६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोनामुक्त हुनेको सङ्ख्या छ हजार ७४० पुगेको छ ।
यस्तै सोही अवधीमा थप ७४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ हजार ५५३ पुगेको छ ।
गएको २४ घण्टामा ६२४ जनाको पीसीआर परीक्षणमा ४८ पुरुष र २६ महिलामा संक्रमण पाइएको हो । यसरी थपिनेमा कास्कीका ४३, तनहुँका १३, गोरखा र नवलपुर बर्दघाट सुस्ता पूर्वका ६–६, बाग्लुङका ४ , स्याङ्जा र पर्वतका १–१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बिहीबार कोरोना भाइरसको सङ्क्रमणबाट थप २ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १४४ पुगेको छ ।
प्रदेशका सक्रिय संक्रमित मध्य ३ हजार ७३१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयद्वा अध्यावधिक विवरणमा भनिएको छ । जसमा सबैभन्दा धेरै तीन हजार १०४ जना कास्कीमा , नवलपुरका २२८, तनहुँका २२५, गोरखाका ११०, पर्वतका ५४ र बाग्लुङका १० जना होम आइसोलेसनमा छन् ।
यस्तै प्रतिशतका आधारमा हेर्दा प्रदेशमा सक्रिय संक्रमितदर ५८.३४ प्रतिशत, निको हुनेदर ४०.४१ प्रतिशत र १.२५ प्रतिशतको मृत्यु भएको जनाइएको छ ।
हालसम्म प्रदेशभर एक लाख छ हजार ९९० नमुना पिसिआर भएको मन्त्रालयद्वारा अध्यावधीक विवरणमा भनिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


साउन ९ गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ । गण्डकी प्रदेश…





