पोखरामा आफ्नै छोरीलाई वलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । आफ्नै १३ वर्षिया नाबालिका छोरीलाई वलात्कार गरेको आरोपमा ३९ वर्षिय बुबा पक्राउ परेका हुन् । वलात्कार आरोप लागेका पुरुष सौतेनी बुबा नभई वलात्कृत नाबालिकाकी सहोदर बुबा भएको प्रहरी श्रोतले बताएको छ ।
विगत ३÷४ वर्षदेखि ललाईफकाई तथा डर धम्की देखाई वलात्कार गर्दै आएको रहेछ,‘जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास हमालले भने,‘अस्ति त होटलमै लगेर करणी गरेपछि घट्ना बाहिर आएको हो ।’ उनले घट्नाबारे थप भन्न नमिल्ने बताए । सर्बोच्च अदालतको गोपनियता सम्बन्धी निर्देशिका २०६९ बमोजिम हाडनाता करणीमा जिल्ला, पालिका वा अन्य कुनैपनि खुलाउन नमिल्ने भएकाले वलात्कार आरोपी बुबा र वलात्कृत छोरी दुबैको पहिचान गोप्य राखिएको उनले प्रष्ट्याए ।
प्रहरीको अनुसन्धानमा वलात्कार आरोपी बुबाले अपराध स्वीकार गरिसकेको प्रहरी श्रोतले बताएको छ । छोरीले पनि बुबाले आफूलाई वलात्कार गरेको वयान दिएको श्रोतको दाबी छ ।
पक्राउ परेका पुरुषबिरुद्ध हाडनाता करणी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरि अनुसन्धान जारी राखिएको कास्की प्रहरी प्रवक्त डिएसपी हमालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १६ नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । नेपाली…







