मंसिर ११ पोखरा । शेयर बजार परिसूचक नेप्सेले सबै कीर्तिमान तोडेको छ । नेप्सेले बिहीबार परिसूचक र कारोबार रकम दुबैको झण्डै दुई वर्षअघिको १८ सय ८१ विन्दुको रेकर्ड तोडेको हो ।
साताको अनितम दिन आज बजार १८.४३ अंकले बढेर १८९३.३४ विन्दुमा अडिएको छ ।
आज बजार खुलेको डेढ घण्टामै ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । सवा १२ बजे उच्चतम विन्दु चुमेको (१९२६.९२) बजार त्यसपछि ओरालो लाग्न थाल्यो । १ बजेर ५ मिनेटमा १९०१.७१ विन्दुमा पुगेको थियो ।
१ बजेर २० मिनेटमा १८९५ मा झरेको सेयर बजार पुन उकालो ओरालो हुँदै आज साढे सात अर्ब रुपैया भन्दा बढीको सेयर कारोबार भएको हो । यद्यपि बजारले रेकर्ड कायम गरेको दिन अधिकांश उपसूचक भने ओरालो लागेको छ । आज बैंकिङ समूह सबैभन्दा अगाडि छन् । आजको सेयर बजारमा २०१ कम्पनी सामेल भएका थिए ।
४ वर्ष अघि अर्थात २०७३ साउन १२ गते सेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको थियो । रेकर्डलाई पछि आज अर्को इतिहास कायम गरेको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १६ नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । नेपाली…







