मंसिर ११ काठमाडौं । महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रर्दशनमा एक जनाको ज्यान जाने गरि प्रहरीले चलाएको गोलीका विषयमा छानविन हुने भएको छ ।
बालिका हत्याको विषयमा आक्रोसित स्थानिय प्रर्दशनकारी र प्रहरीविचको झडपका क्रममा प्रहरीले चलाएको गोलीका विषयमा छानविनका लागि उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।
साथै मन्त्रालयले गुलाबसा खातुनको हत्यामा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ । मृतक खातुन र प्रर्दशनका क्रममा मृत्यु भएका बुद्धिराज न्यौपानेको परिवारलाई उचित राहात र क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरुको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने प्रकिया अगाडी बढाइसकेको पनि विज्ञप्तीमा भनिएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १६ नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध छ । नेपाली…







