देशभरको कोरोना अपडेट : १० हजार ५ सय ७५ जना होम आइसोलेसनमा, ३ सय ८९ जना आइसीयु र भेन्टिलेटरमा


     एभरेस्ट आवाज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

बिहीबारसम्मको तथ्यांकमा देशभर १० हजार ५ सयभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयको तथ्यांकमा१६ हजार ६ सय ३९ जना सक्रिय संक्रमितमध्ये १० हजार ५ सय ७५ जना होम आइसोलेसनमा रहेको जनाइएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ७ हजार ६ सय १९ जना होम आइसोलेसनमा छन्।

त्यस्तै, प्रदेश १ मा १ हजार ४ सय ५९, प्रदेश २ मा २ सय ८३, लुम्बिनी प्रदेशमा ३ सय ४४, सुदूरपश्चिम प्रदेशमा २ सय ४३, गण्डकी प्रदेशमा ५ सय ७० र कर्णाली प्रदेशमा ५७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

३ सय ८९ जना आइसीयुु र भेन्टिलेटरमा उपचाररत

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ८९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ५६ जना भेन्टिलेटरमा र ३ सय ३३ जना संक्रमित आइसीयुमा उपचाररत रहेका छन्।

देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको हो ।

आइसीयुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ३६ जना आइसीयु र ३५ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६४ जना आइसीयु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आइसीयु र ६ जना भेन्टिलेटरमा र प्रदेश २ मा ४ आइसीयु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, सुदुरपश्चिममा ८ आइसीयु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६८ आइसीयु र ११ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा १२ आइसीयुमा उपचाररत छन्।

यसअघि, बुधबार ४ सय ८, मंगलबार ४ सय ५०, सोमबार ४ सय २८, आइतबार ४ सय २५ जना संक्रमित आइसीयु ÷भेन्टिलेटरमा उपचाररत थिए।

नेपालमा २ लाख २७ हजार ६ सय ४० जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

जसमध्ये २ लाख ९ हजार ४ सय ३५ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ४ सय १२ जनाको मृत्यु भएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।