दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला आज (शुक्रबार) गोरखा र मनाङ जाँदै छन्।
गोरखामा भूकम्पपछि भारतीय सहयोगमा बनिरहेका घरहरुको उनले अवलोकन गर्ने कार्यक्रम छ । साथै ३ वटा विद्यालयको उद्घाटन पनि गर्नेछन्।
मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ।
हिँजो (बिहीबार) बिहान नेपाल आएका भारतीय विदेश सचिव श्रृंगला दिनभर भेटघाटमा व्यस्त रहे।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार भेट गरे।
श्रृंगलासँगको भेटघाटमा राष्ट्रपति भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पु¥याउन भारतीय पक्षसँग आग्रह गरिन्।
भारतीय विदेश सचिव श्रृंगलासँग शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाईमा लैजान आग्रह गरेकी हुन्।
राष्ट्रपतिलाई भेट्नुअघि भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालयको प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गरेका थिए।
श्रृंगलाको आजै (शुक्रबार) दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





